विद्यार्थीलाई ओपिडी टिकटमा ५० प्रतिशत छुट

काठमाडौं – सरकारले विद्यार्थीहरुलाई ओपिडी सेवाका टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले विद्यार्थी परिचय पत्रको आधारमा छुट दिने भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो छुट सेवालाई नेकपा ९एकीकृत समाजवादी०को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले स्वागत गरेको छ। सोमबार पत्रकार सम्मेलन गर्दै युनियनका अध्यक्ष सुदेश पराजुलीले विगत लामो समयदेखिका माग सरकारले पूरा गरेकोमा खुशी व्यक्त गरे।

उनका अनुसार अनेरास्ववियुले २०७९ श्रावण ४ गते ज्ञापनपत्र र भाद्र ३० गते स्मरण पत्र बुझाउँदै सबै सरकारी र सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुलाई अस्पतालहरुमा ओपिडी सेवा निस्शुल्क र सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गरियोस् भन्ने माग राखेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार