काठमाडौं । किरण कुमार लिम्बुले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा कप्तानी गर्ने भएका छन् ।नेपाल र बंगलादेशबीच मंगलबार दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ ।
सोमबार भएको प्रि(म्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँसँगै कप्तान किरण उपस्थित भएका थिए ।गत जेठमा कुवेतमा भएको एएफसी कप छनोटमा किरण टिममा थिएनन् ।
अब्दुल्लाह अल्मुताईरीसँग खेलाडीको विवाद भएपछि त्यसमा खेलाडीको समर्थन गर्दा किरण टिममा परेका थिएनन् ।