शिक्षकको हत्या गरेर फरार युवती पक्राउ

काठमाडौं । शिक्षाकको हत्या गरेर फरार रहेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सिद्धिचरण–८ सल्लेरीकी छलमाया धमलालाई आइतवार बेलुका पक्राउ गरेको हो ।

छलमायामाथि सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर हाल चिसंखुगढी गाउँपालिका ४ लेखर्कस्थित कालिका आधारभूत विद्यालय शिक्षक ३३ वर्षीय दिपककुमार ठाकुरको हत्या गरेको आरोप लागेको छ। ठाकुर असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए। उनको कोठामा शव भएको स्थानीयले बताएपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थलको प्रकृतिका आधारमा हत्या भएको अनुमान गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।

घटनाको प्रकृती हेर्दा मृतकको टाउको तथा शरीरको अन्य भागमा समेत कुटपिट गरी घाइते बनाइएको तथा नाक, मुख र घाँटीमा गम्छाले बाँधी मुखमा सिरानीले थिची हत्या गरिएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको थियो ।

शिक्षकको हत्या गरि फरार रहेकी छलमायालाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरिक्षक केशव अधिकारीको कमाण्डमा खटिएको टोलीले उनकै घरबाट पक्राउ गरेको हो । हाल उनलाई ओखलढुंगा जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख (डिएसपी) सुकदेव खनालले जानकारी दिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार