पाकिस्तान दुई सय टि२० आई खेल खेल्ने पहिलो टोली

एजेन्सी – पाकिस्तान २ सय टि२० आई खेल खेल्ने पहिलो अन्तर्राष्ट्रिय टोली बनेको छ । आइतबार राती सात टि२० आई खेलको सिरिज अन्तर्गत चौथो टि२० आई खेल इंग्ल्यान्डविरुद्ध खेल्दै पाकिस्तान दुई सय टि२० आई खेल खेल्ने पहिलो टोली बनेको हो ।

२००६ देखि टि२० आई खेल खेलेको पाकिस्तानले २ सय खेलमा १ सय २२ मा जित, ७० मा हार, पाँच खेल नजिता विहीन र तीन खेल टाई भएका थिए । पाकिस्तानले २००६ मा पहिलो टि२० आई खेल इंग्ल्यान्डविरुद्ध नै डेब्यू गरेको थियो । इन्जमाम उल हकको कप्तानीमा टि२० आईमा डेब्यू गरेको पाकिस्तानले बाबर आजमको कप्तानीमा २ सय खेल पूरा गरेको हो ।

यो अवधिमा पाकिस्तानले सन् २००९ को टि२० विश्वकप उपाधि जितेको थियो । पाकिस्तानपछि सर्वाधिक धेरै खेल भारतले १ सय ८२ टि२० आई खेल खेलेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार