मनास्लुको आधार शिविरमा हिम पहिरो

गोरखा । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ ।

चुमनुब्री गाउँपालिका– १ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकरी दिए ।

यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए । पर्यटन विभागले पनि हिम पहिरो गएको पुष्टि गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार