एभरेष्ट बैंकको मोबाइल एपमार्फत् फोनपको क्यूआरबाट भुक्तानी गर्दा छुट

एभरेष्ट बैंक लिमिटेडका ग्राहकले एभरेष्ट बैंकको मोबाइल एपमार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे र एभरेष्ट बैंकका बीचमा ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा एभरेष्ट बैंकका डिजिटल बैंकिङ प्रमुख शंकर पोखरेल र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट अफिसर लक्ष्मण महर्जनले हस्ताक्षर गरेका छन् ।

यो योजना असोज ७ गतेदेखि १४ गतेसम्म र कात्तिक २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ । नेपालीहरुको महान चाड दसैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उद्देश्यले यो योजना ल्याइएको हो । फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ ।

यसैबीच फोनपेले नेपालीहरुको महान चाड दसैँलाई लक्षित गर्दै ‘चाडवाडमा जीवन सहज बनाऔँ, नगद छाडौँ, फोनपे गरौँ’ योजना सुरु गरेको छ । यस योजनाअन्तर्गत हरेक दिन फोनपे क्यूआर गर्ने, फोनपे डाइरेक्ट गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एकजना ग्राहकले दैनिक नगद एक लाख रुपैयाँ जित्न सकिनेछ ।

यसैगरी क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले दैनिक सामसुङको फोन जित्न सकिनेछ । ग्राहकका लागि यो योजना असोज ४ गतेदेखि असोज १३ गतेसम्म लागू हुनेछ भने मर्चेन्टहरुले कात्तिक १२ गतेसम्म हरेक दिन मोबाइल जित्न सकिनेछ ।

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् ।

यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । १ करोड ५० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

एभरेष्ट बैंक नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा वर्गीकरण गरेको वाणिज्य बैंक हो । देशभर ३९ हजार १६७ डेलिभरी च्यानल, १० हजार ९८ आन्तरिक शाखा भएको एभरेष्ट बैंकसँग १५ हजार ७१९ व्यापारिक घराना आबद्ध रहेका छन् । यसका साथै बैंकका २ अन्तर्राष्ट्रिय शाखा र देशभर १३ हजार ३५० एटीएम बुथ रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार