भिल्लारियलले जित्यो पहिलो पटक युरोपा लिगको उपाधि

स्पेनिस टोली भिल्लारियलले क्लब इतिहासमा पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ । सडन डेथमा म्यानचेस्टर युनाइटेडलाई ११-१० ले पराजित गर्दै भिल्लारियल क्लब इतिहासमा नै पहिलो उपाधि जित्न सफल भएको हो ।

त्यस्तै युनाइटेड भने योसहित दोस्रो पटक युरोपा लिगको फाइनल खेलेको हो । यसअघि युनाइटेडले २०१७ मा युरोपा लिगको फाइनल जितेको थियो ।

खेलको २९ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए तर ५५ औं मिनेटमा युनाइटेडका इडिन्सन काभानीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि कुनै टोलीले गोल गर्न सकेनन् त्यसपछि खेल पेनाल्टीमा गयो ।

१० वटा पेनाल्टीसम्म पनि दुवै टोलीले बराबरी गोल हानेका थिए । तर ११ औं पेनाल्टीमा म्यानचेस्टर युनाइडेटले गोल गर्न सकेन भने भिल्ला रियलका रुल्लीले गोल गर्दै टिमलाई जित दिलाए ।

अहिलेसम्म सबैभन्दा बढी ६ पटक युरोपा लिगको उपाधि जित्ने क्लब सेभिया हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार