पाँच वर्षका लागि प्रधानमन्त्रीको अफर छ तर रेसमा छैन : प्रचण्ड

'अबको दशक आर्थिक क्रान्तिमा लाग्ने प्रतिवद्धता'

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अहिले पनि प्रधानमन्त्रीको अफर आइरहेको दाबी गरेका छन्।

निर्वाचन क्षेत्र चितवन पुगेका प्रचण्डले प्रेस सेन्टरद्वारा आयोजित दशैँको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले आफूलाई अहिले पनि प्रधानमन्त्रीको अफर आइरहेको दाबी गरेका हुन्। तर उनले कहाँबाट त्यस्तो अफर आएको हो भने खुलाएनन्। उनले राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण र आर्थिक समृद्धि आफ्नो प्रतिबद्धता भएको बताए।

‘चाहेको भए ७४ को चुनावपछि ५ वर्ष प्रधानमन्त्री हुने अफर थियो, अहिले पनि छ। म प्रधानमन्त्रीको रेसमा छैन्। राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण आर्थिक समृद्धि मेरो प्रतिबद्धता हो फैसला तपाईँहरूको हातमा छ। शान्ति प्रक्रियामा गिरिजा प्रसाद कोइरालासँग सम्झौता गर्दै गर्दा मैले जनताको फैसला मान्छु भनेर गरेको हुँ।’

अबको दशक आर्थिक क्रान्तिको दशक भएको भन्दै प्रचण्डले जीवनको उत्तरार्द्धमा अब त्यसमा लाग्ने बताए। चितवनलाई विकासको मोडलको रूपमा विकास गर्न चाहेको भन्दै उनले भने, ‘कसले के भन्छ भन्दा पनि कसले के गर्छ भन्नेले निर्णय गर्छ।’

संविधान उल्ट्याउन, गणतन्त्र कमजोर पार्न र नेतालाई बदनाम गर्न एकथरी लागेका भन्दै प्रचण्डले त्यसका लागि सामाजिक सञ्जाललाई माध्यम बनाइएको उनको दाबी छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार