बङ्गलादेशमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु

काठमाडाैँ- बङ्ग्लादेशमा डुङ्गा पल्टिँदा कम्तीमा २३ जनाको ज्यान गएको छ । डुङ्गा पल्टिँदा अरू कैयौँ हराइरहेका बङ्ग्लादेशका अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

राजधानी ढाकाबाट चार सय ६८ किलोमिटर टाढा रहेको पञ्चगढ जिल्लाको करातोया नदीमा दिउँसो डुङ्गा पल्टिएको हो । महिला र बालबालिकासमेत गरी २३ जनाको शव निकालिएको र खोजी कार्य भइरहेको पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार