सेयर बजार राताम्मे, नेप्से १८ सयको बिन्दूमा

काठमाडौँ – सेयर बजार परिसूचक नेप्से घटेर १८ सय १५ बिन्दुमा झरेको छ । गत बिहीबार १८ सय ३८ मा अडिएको नेप्से सूचकमा आइतबार थप २३.८३ अंकले घटेर १८ सय १५ दशमलव १३ अंकमा झरेको हो ।

आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ८३ अंकले घट्दै ३५५ दशमलव ६० अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । उसो त २३ अंक माथिले घटेको बजारमा आज एक अर्ब ७ करोड २४ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

आज सबै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार