‘प्रेमगीत-३’ ले नेपाल र भारतमा कति कमायो ?

शुक्रबार रिलिज भएको प्रेमगीत-३ ले बक्सअफिसमा आक्रामक ओपनिङ गरेको छ ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्मले नेपालमा शुक्रबार दुई करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । यो ‘कबड्डी-४’पछिको दोस्रो उच्च ओपनिङ हो ।

यस्तै, ‘प्रेमगीत-३’ को हिन्दी संस्करणले भारतमा पनि सुखद सुरूआत गरेको छ । भारतीय ट्रेड विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन १ करोड ४७ लाख रूपैयाँ (९२ लाख भारतीय रूपैयाँ) कमाएको छ।

प्रदीप, क्रिस्टिनाको मुख्य भूमिका रहेको प्रेमगीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार