चिनियाँ समकक्षी चिनफिङसँग राष्ट्रपति भण्डारीको टेलिफोन वार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी छन् ।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार बुधबार भण्डारी र चिनफिङबीच झन्डै पौने घन्टा कुरा भएको थियो । कुराकानीका क्रममा राष्ट्रपति भण्डारी नेपाल चीनबाट खोप किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गरेकी थिइन् । जवाफमा चिनियाँ राष्ट्रपतिले नेपाल चीनको अभिन्न मित्र रहेको भन्दै नेपाललाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

दुई मुलुकबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै राष्ट्रपति भण्डारीले नेपाललाई खोप उपलब्ध गराउने चिनियाँ तदारुकताको अपेक्षा समेत व्यक्त गरेको बताइएको छ ।

राष्ट्रपति भण्डारीले बुधबारै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्राचार गर्दै खोप आपूर्तीका लागि विशेष पहल गर्न अनुरोध गरेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार