बुधबार थप ६ हजार ७१४ जनामा संक्रमण पुष्टि, १४५ जनाको मृत्यु

नेपालमा बुधबार थप ६ हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३० पीसीआर र ३२२ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १४५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ६ हजार ७१६ संक्रमित निको भएका छन् । हाल नेपालमा १ लाख १७ हजार ७७ सक्रिय संक्रमित रहेका छन् भने ८५३ जना क्वारेन्टाइनमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार