एमालेका थप १२ जना नेतालाई २४ घण्टे लिखित स्पष्टिकरण माग

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का थप १२ जना नेतालाई आज लिखित स्पष्टिकरणपत्र पठाइएको छ । गत सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले गरेको निर्णयअनुसार आज पत्र पठाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमाले स्थायी कमिटी बैठकले नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, दीपकप्रसाद भट्ट, नारायण खतिवडा, मेटमणी चौधरी, यज्ञराज सुनुवार, झपट रावल, भवानीप्रसाद खापुङलाई स्पष्टीकरणपत्र पठाएको हो ।

पार्टी कार्यालय सचिव तामाङकाअनुसार २४ घण्टाको समयावधि तोकेर स्पष्टीकरणपत्र पठाइएको छ । सो अवधिमा उनीहरुको स्पष्टीकरणको जवाफ आएमा सोहीअनुसारको कारवाही प्रक्रिया अगाडि बढ्ने वा जवाफ नआएमा पनि त्यही प्रकारको कारवाही प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

गत सोमबारको बैठकले नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यता नरहनेगरी निष्कासन गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार