सरकारबाट फिर्ता नहुने एमाले सुदूरपश्चिमको निर्णय

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारबाट फिर्ता नहुने निर्णय गरेको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन कायमै राख्दै तत्काल सरकारबाट फिर्ता नहुने निर्णय गरेको हो ।

कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।

सोमबार एमाले स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर आज बसेको प्रदेश संसदीय दलको बैठकले त्यसको विपक्षमा निर्णय गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार