चितवनमा डेङ्गुबाट एकजनाको मृत्यु

चितवन – पूर्वी चितवनको रत्ननगरमा डेङ्गुबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–१ का २७ वर्षीय पुरुष छन् ।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा। आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो ।

अध्ययनका क्रममा काठमाडौं बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।

जिल्लामा हालसम्म ४२९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ । दुई हजार ८७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार