एनआरएनए अध्यक्ष कुल आचार्यलाई सुप्रबल जनसेवाश्री

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्य सुप्रबल जनसेवाश्रीबाट विभूषित भएका छन् ।

संविधान दिवसको अवसरमा नेपाल सरकारद्वारा सिफारिस गरिएअनुसार आज अध्यक्ष आचार्यसहित ९ सय ९८ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गरेकी हुन् ।

नेपालको पर्वत जिल्लामा जन्मिएका ५० वर्षीय आचार्य दुई दशकदेखि बेलायतमा रही विभिन्न व्यवसायमा आवद्ध छन् । सन् २००३ देखि एनआरएनएमा जोडिएका आचार्य २००७ बाट विभिन्न भूमिकामा छन् । गैर आवासीय नेपाली संघ बेलायतको सदस्य, उपाध्यक्ष, अध्यक्ष हुँदै संघको युरोप संयोजकका रुपमा काम गरिसकेका उनी हाल एनआरएनएको अध्यक्ष छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार