महन्थले सोधे उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टीकरण

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई ७ बुँदे स्पष्टीकरण सोधेका हुन् । जेठ ११ गते सोधिएको स्पष्टीकरणमा ठाकुरले जेठ ८ र ९ गते स्थगित गरिएको बैठक के कारणले बोलाएर एकल अध्यक्षता गरी पार्टी हित विपरित निर्णय गरेको भनेर प्रश्न गरेका छन् ।

त्यस्तै पछिल्लो समयमा आफूले रोक्दा रोक्दै अनधिकृत रुपमा एकल अध्यक्षतामा निरन्तर पार्टी केन्द्रीय कार्यकारिणी समितिको तथाकथित बैठकहरु बसी पार्टी हित विपरित विभिन्न खाले निर्णय किन गरेको भन्ने प्रश्न ठाकुरले गरेका छन ।

ठाकुरले संसदीय दलको निर्णय वमोजम संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नु पर्नेमा त्यस विपरित शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन कुन कारणले हस्ताक्षर गरियो भन्न पश्न समेत यादवलाई सोधेका छन् ।

पार्टीको विधानको दफा ४९ अनुसार अनुसासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको उक्त स्पष्टीकरणको जवाफ ३ दिनभित्र पार्टी कार्यालयमा पठाउन भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार