नेपालमा मंगलबार थप ८ हजार ६३६ जनामा कारोना पुष्टि, १६९ जनाको मृत्यु

६ हजार ४०४ संक्रमित निको

नेपालमा मंगलबार थप ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ३०६ पीसीआर र ६३० वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १६९ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ७०० पुगेको छ ।

त्यस्तै थप ६ हजार ४०४ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ लाख १७ हजार २६१ सक्रिय संक्रमित रहेका छन् भने ९१४ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २९ लाख ५८ हजार ६२० वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार