विपक्षी गठबन्धनको बैठक : अदालती प्रक्रियाको रणनीतिबारे छलफल

प्रतिनिधिसभा विघटनको विरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका विपक्षी गठबन्धनले कानूनी लडाइँलाई प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेका छन् ।

मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी गठबन्धनले रिट दायरपछिको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेका हुन् । कानुनविद्हरु समेत उपस्थित भएको बैठकमा प्रतिनिधिसभा विघटनको विरुद्धमा अदालतमा हुने सुनुवाइका विषयमा छलफल भएको नेताहरुले जानकारी दिएका छन् । बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चमा दर्ता गरिएको रिटमा कतिपय परिमार्जन गर्नुपर्ने तथा कतिपय ठेगाना नमिलेको लगायत प्रविधिक विषयमा मात्रै छलफल भएको जानकारी दिए ।

त्यस्तै कांग्रेस नेता रमेश लेखकले रिटमाथिको सुनुवाइमा अदालतमा कसरी प्रस्तुत हुनेबारे छलफल भएको जानकारी दिए । त्यस्तै अब बहसमा को–को कानुन व्यवसायीलाई अगाडि बढाउने भन्नेबारे शीर्ष नेताहरुबीच छलफल भएको उनले बताए । त्यस्तै उनले बहुमत सांसदहरुको हस्ताक्षरसहित रिट दर्ता भएका कारण सर्वोच्चले संसद पुनसर््थापना गर्ने दावी गरे । लेखकले संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानलाई नै समाप्त पार्ने षड्यन्त्र भइरहेको बताए ।

बैठकमा सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल लगाएतका नेताहरु सहभागी थिए । प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनले सोमबार सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार