बानेश्वरमा पूर्वसभामुखहरूसँग छलफल गर्दै सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् । मंगलबार प्रतिनिधि सभाको ल्होत्से हलमा बानेश्वरमा सभामुख र पूर्वसभामुखहरू भेला भएर प्रधानमन्त्रीको कदममाथि छलफल गरेका हुन् ।

बैठकमा पूर्वसभामुख रामचन्द्र पौडेल, ओनसरी घर्ती मगर, कृष्णबहादुर महरा सहभागी छन् । त्यस्तै, तारानाथ रानाभाट, दमननाथ ढुंगाना पनि जुममार्फत सहभागी हुने बताइएको छ ।

बैठकमा पूर्वसभामुख एवम् नेकपा एमालेका नेता सुवास नेम्वाङ भने सहभागी छैनन् । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछिको अवस्थाबारे छलफल गर्न सभामुख सापकोटाले पूर्वसभामुखलाई बोलाएका हुन् ।

सभामुख सापकोटाले प्रतिनिधि सभाबाट वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएको भन्दै विरोध गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार