ओली र प्रचण्डसँग ली चान्सुको भेट (फोटोमा)

काठमाडौँ – नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा चान्सुले ओली र प्रचण्डसँग छुट्टा– छुट्टै भेटवार्ता गरेका हुन् ।

त्यसअघि भेट्नुअघि लीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भेटेका थिए। चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आएका चान्सुले सोही दिन प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए।

सोही क्रममा सभामुख सापकोटा र ली चान्सुले नेपाल र चीनबीचअन्तर संसदीय सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

\

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार