पूर्व सभामुखसँग परामर्श गर्दै सभामुख सापकोटा, नेम्वाङ नजाने

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछिको अवस्थाको बारेमा पूर्वसभामुखहरूसँग परामर्श गर्न लागेका छन् । केहीबेरमा प्रतिनिधि सभाको ल्होत्से हलमा छलफल हुने सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

उक्त बैठकमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पनि बोलाइएको छ । नेकपा एमालेका नेतासमेत रहेका नेम्वाङ बैठकमा नजाने भएका छन् । गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा संसद भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछिको अवस्थाबारे पूर्वसभामुखहरूसँग परामर्श गर्न सभामुखले बैठक बोलाएका हुन् ।

संसद विघटनको विरोध गर्दै १४६ सांसदले सोमबार सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरिसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार