प्युठानमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत भेटिए

प्युठानमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्युठान नगरपालिका–२ चितीखोला बस्ने अन्दाजी २७ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति र एक वर्षको छोरा सुशान्त मृत भेटिएका हुन् । स्थानीय रातामाटाको जंगलको सालको रुखमा उनीहरु झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका इन्सपेक्टर देवीप्रसाद गैरेका अनुसार उनीहरुको शव सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । ‘घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पठाएर अनुसन्धान कार्य भइरहेको छ,’ उनले भने ।

प्रहरीका अनुसार उनका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको जानकारी स्थानीयले दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार