‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा पनि प्रदर्शन हुने

काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा समेत रिलिज हुने भएको छ । नेपाली संस्करण रिलिज हुने दिन असोज ७ गते नै हिन्दी संस्करण पनि लाग्ने भएको हो ।

अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले यसको पुष्टि गरे । ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित भएको छ,’ सेनले भने ।

यसअघि नेपालमा हिन्दीलाई रिलिज गर्ने वा नगर्नेबारे अन्योल थियो । भुवन केसीले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई रोक्न खोजको हल्ला पनि चलेको थियो, जसलाई चलचित्र विकास बोर्डले प्रष्टीकरण पनि दिइसकेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार