सीसीएमसीको सीईओमा बालानन्द शर्मा नियुक्त

सरकारले कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको सीईओमा नियुक्त गरेको स्रोतले पुष्टि गरेको छ ।

पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए । उनीसँग नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमान्डरको समेत भूमिका निर्वाह गरिसकेको अनुभव छ । यसअघि सरकारले शर्माको नेतृत्वमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी) को निर्माण कार्य अघि बढाएको थियो ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीसीएमसीको पुनर्गठन गरी प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशक समिति बनाएको छ । ‘विशेष समस्या सम्बोधन’ गर्नका लागि ‘विशेष एजेन्सी’ प्रभावकारी भएको अनुभवका आधारमा यस्तो व्यवस्था गरिएको भट्टराईले बताएका छन् ।

यसअघि सीसीएमसीको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । उपप्रधानमन्त्री पोखरेल अब प्रधानमन्त्री मातहतको निर्देशक समितिको सदस्य मात्र रहनेछन् । प्रधानमन्त्री मातहतको निर्देशक समितिअन्तर्गत काम गर्ने गरी ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र’ रहनेछ । यो केन्द्रको प्रमुखमा बाह्रौं तहका स्वास्थ्य सेवाका अधिकृत रहनेछन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार