गत बुधबार राति गोली प्रहारबाट घाइते भएका दिपक पाण्डेको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका तौलिहवा निवासी पाण्डेको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको स्रोतले जनाएको छ ।
भैरहवा मेडिकल कलेजमा उपचाररत पाण्डेको स्वास्थ्य स्थिती जटिल बनेपछि सोमबार साँझ मात्र हेलिकप्टरबाट उनलाई काठमाडौं लगिए पनि बचाउन नसकिएको हो ।
नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता समेत रहेका पाण्डेमाथि तीन राउण्ड गोली लागेको थियो । पाण्डेलाई बुधबार राति कपिलवस्तु नगरपालिका वडा नं. ३ सडवाबाट तौलिहवा घरतर्फ जाँदै गरेको अवस्थामा पल्सर मोटरसाइकल सवार तीन जनाले गोली प्रहार गरेका थिए ।
गोली प्रहार गर्ने ओमप्रकाश यादव र साकिर अलि पाखियालाई प्रक्राउ गरी कपिलवस्तु प्रहरीले शुक्रबार सार्वजनिक गरिसकेको छ । घटनाका मुख्य अभियुक्त यादवले पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण गोलीहानी हत्या गर्ने योजना बनाएको प्रहरी सामु बयान दिएका छन् । घटनाका अर्का एक अभियुक्त फरार छन् । उनीको थिए प्रहरीले गोप्य राखेको छ ।
पाण्डेसँगै सवार अर्का भारतीय नागरिक ईयाज अख्तर मुसलमान पनि घाइते भएका छन् । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ ।