गौतमलाई हटाएर अधिकारीलाई बनाइयो स्वास्थ्य मन्त्रालयको प्रवक्ता

स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट डा. जागेश्वर गौतमलाई हटाएर डा. समीर अधिकारीलाई नियुक्त गरिएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट डा. गौतमलाई प्रवक्ताबाट युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले जानकारी दिए । डा. गौतम अहिले स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारीमा छन् । नवनियुक्त डा. अधिकारी यसअघि मन्त्रालयका सह प्रवक्ता थिए ।

सरकारले वीर अस्पतालको नयाँ बनेको सर्जिकल भवनमा ५ सय वेडको कोभिड-१९ युनिफाइड अस्पताल बनाउने निर्णय गरेको थियो । युनिफाइड अस्पतालले देशभरका कोभिड–१९ डेडिकेटेड अस्पतालको कमाण्ड गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार