सुदूरपश्चिम सरकारबाट एमालेले लियो समर्थन फिर्ता

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए ।

सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ । एमालेले समर्थन फिर्ता लिएसँगै अब मुख्यमन्त्री भट्टले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार