खनाल र नेपालसहित ११ जना एमालेबाट निष्कासित

अन्य १२ जनासँग २४ घण्टे स्पष्टीकरण माग

नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले खनाल नेपाल सहित स्पष्टीकरण सोधिएका ११ जनालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल, माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारबाही गर्ने निर्णय गरेको एक सदस्यले बताए ।

बैठकले झलनाथ खनाल, माधव नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै एमाले नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । यस्तै, बैठकले हस्ताक्षर गर्ने अन्य १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार