आइफोन १४ का मोडलहरु सार्वजनिक, कति पर्छ मूल्य ?

एप्पलले आज आईफोनको नयाँ सिरिज आईफोन १४ र आइफोन १४ प्लसलगायत नयाँ भर्सनहरू सार्वजनिक गरेको छ । बुधबार राति एप्पलका सीइओ टिम कुकसहित उच्च पदाधिकारीहरुले भर्चुअल माध्यमबाट एप्पलको नयाँ आइफोन, एयरपड्स र एप्पल वाच सार्वजनिक गरेका हुन् ।

कम्पनीले आइफोन १४, १४ प्लस, आइफोन १४ प्रो, प्रो म्याक्स, एयरपड्स प्रो, एप्पल वाच सिरिज एट,एप्पल वाच अल्ट्रा औपचारिक रुपमा सार्वजनिक गरेको छ।

आइफोन १४ र १४ प्लस
आइफोन १४, ६ दशमलव १ इन्चको स्क्रिन र ६ दशमलव ७ इन्चको स्क्रिनसहितको आइफोन १४ प्लस बजारमा आएको छ । आइफोन १४ को मूल्य ७९९ डलरबाट सुरु हुनेछ । १४ प्लस मोडेलको मूल्य ८९९ डलरबाट सुरु हुनेछ ।

आइफोन १४ विभिन्न रंगहरूमा सार्वजनिक भएका छन् । आईफोन १४ र आईफोन १४ म्याक्स हरियो, गुलाबी, बैजनी, कालो, सेतो र रातो कलर भेरियन्टमा उपलब्ध हुनेछ ।

आइफोन १४ प्रो र प्रो म्याक्स
आइफोन १४ प्रो ६.१ इन्च र प्रो म्याक्स ६.७ इन्चको डिस्प्लेसहित सार्वजनिक भएको छ । आइफोन १४ प्रोको सुरुवाती मूल्य ९९९ अमेरिकी डलर र आइफोन १४ प्रो म्यासको सुरुवाती मूल्य १०९९ अमेरिकी डलर तोकिएको छ ।

यी दुई मोडेलमा ए१६ बायोनिक चिप हुनेछ । आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा क्यामेराको भाग पहिलेको भन्दा बढेको छ । आईफोन १४ प्रो र १४ प्रो म्याक्स हरियो, बैजनी, ग्रेफाइट, सिल्भर र गोल्डेन कलरमा उपलब्ध हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार