देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै माधव नेपाल पक्षका २३ सांसदद्वारा हस्ताक्षर

नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले संसद विघटनविरुद्धको रिटमा २३ सांसदले हस्ताक्षर गरेको जनाएको छ । माधव नेपाल पक्षीय सांसद निरादेवि जैरूले सिंहदरबारमा भएको सांसदहरुको भेलामा आज २३ सांसदले हस्ताक्षर गरेको दावी गरिन् ।

उनले हिजो २० सांसदले हस्ताक्षर गरेकोमा आज अन्य थप सांसदले हस्ताक्षर गरेका हुन् । आज हस्ताक्षर गर्नेमा मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडालगायत रहेका छन् ।

यसअघि हिजो सांसद विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने लगायतले हस्ताक्षर गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार