सिमकार्डको एक कुना किन काटिएको हुन्छ ?

काठमाडौँ– आजको युगमा मोबाइल फोन जीवनको एउटा महत्वपूर्ण हिस्सा बनेको छ ।

मानिसहरु घण्टै मोबाइल स्क्रिनमा बिताउँछन् । मोबाइल फोनहरु झन् स्मार्ट बन्दै गएका छन । यसले मानिसहरूका धेरै कामहरू सजिलो बनाएको छ । तर कुनै पनि मोबाइलमा सबैभन्दा महत्वपूर्ण कुरा सिम कार्ड हो ।

सिमकार्डको मद्दतले मोबाइलमा नेटवर्क आउँछ । जसले गर्दा हामी कल, म्यासेज गर्न वा इन्टरनेट चलाउन सक्षम हुन्छौँ । यदि तपाईंले कहिल्यै सिम कार्ड ध्यानपूर्वक हेर्नुभएको छ भने, यसको साइडमा कट गरिएको (सिम कार्ड डिजाइन) हुन्छ ।

तर के तपाईंलाई थाहा छ किन सिम कार्ड एक तर्फबाट काटिन्छ ? सुरुमा जब सिमकार्डहरू बन्थे त्यसबेला तिनीहरूलाई छेउबाट काट्दिैन थिए । जब मोबाइल फोनका लागि सिम कार्डहरू डिजाइन गरिएको थियो, त्यसबेला सिमकार्डको आकार धेरै सरल र वर्गाकार हुन्थ्यो ।
सिमकार्डहरू वर्गाकार हुने भएकाले पहिले मानिसहरूलाई सिमको सीधा र उल्टो पक्ष कुन हो भनेर बुझ्न समस्या हुन्थ्यो । यस्तो अवस्थामा मानिसहरु धेरै पटक सिम उल्टो राख्थे । कहिलेकाहीँ यसरी राखिएको सिमको चिप पनि बिग्रिने गथ्र्यो ।

यही समस्यालाई मध्यनजर गर्दै टेलिकम कम्पनीहरूले सिमको डिजाइन परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस गरेकाले कम्पनीहरूले सिमकार्डलाई एक कुनाबाट काटेका हुन । यो काटिएको कुनाका कारण मोबाइल फोनमा सिमकार्ड हाल्न र निकाल्न मानिसहरूलाई सजिलो भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार