सामान्य औषधिबाटै सङ्क्रमितलाई जोगाउन सकिने डा ह्योजुको दाबी

कोरोना महामारीले विश्वभर बितण्डा मच्चाएको झण्डै डेढ वर्ष पुगिसकेको छ । एक वर्षअघिको भयावह अवस्थाबाट ओरालो लागेका मानिए पनि पछिल्ला केही समययतादेखि फेरि कोरोनाको नयाँ भेरियन्टले संसारभरका मानिसलाई गाँज्दै लगेको छ ।

पहिलो चरणको भन्दा दोस्रो चरणको सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको र बढी सङ्क्रामक रहेको चिकित्सिकहरुले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो अनुमान अनुसार विश्वभर करिब ८० लाख व्यक्तिको कोरोनाका कारण ज्यान गइसकेको छ ।

अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागेको छैन । यसको कुनै ठोस उपचार पद्धति पनि फेला परेको छैन । विश्वका वैज्ञानिक र चिकित्सक यसको उपचारबारे अलमलमै छन् । चिकित्सकहरुले सङ्क्रमितमा देखिएको लक्षण अनुसार उपचार गरिरहेका छन् ।

सङ्क्रमित व्यक्तिमा ज्यादा जसो उच्च ज्वरो आउने, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिने गरेको छ । ‘भेरियन्ट’ कोरोना विषाणुबाट सङ्क्रमित कतिपय व्यक्तिमा अत्यन्तै गम्भीर तथा घातक लक्षणहरु देखापरेका छन् ।

नयाँ भेरियन्टको सङ्क्रमण देखिएका व्यक्तिमा अक्सिनजको कमी हुने लक्षण पाइएको छ । अक्सिजनसहितको सघन उपचारको जोहो हुन नसक्दा कतिपय सङ्क्रमितले अनाहकमै ज्यान गुमाइरहेका छन् । नेपाललगायत छिमेकी भारतमा पनि अक्सिजनको अभावमा धेरैले ज्यान गुमाएका समाचार सार्वजनिक भएका छन् ।

औषधि र उपचार पद्धति फेलापरिनसकेको भए पनि उच्च सावधानी र प्रचलनमा रहेका सामान्य औषधिको प्रयोगबाट सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सकिने उपचारमा संलग्न चिकित्सकहरुको दाबी छ । लामो समय अमेरिकामा रहेर स्वास्थ्य अनुसन्धानमा जुटिरहनुभएका डा संजिव ह्योजुले अहिले आफूले गरेको अनुसन्धानबाट निस्केको निष्कर्ष अनुसार सङ्क्रमितलाई उपचार गर्न सुझाव दिइरहेका छन् ।

उनका अनुसार सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सामान्य खालका औषधिको प्रयोग नै प्रभावकारी देखिएको छ । डा ह्योजुले भर्चुअल माध्यमबाट बिरामीको उच्च रक्तचाप, पल्स र अक्सिजन परीक्षणका आधारमा क्लोेनिडाइन ट्याब्लेट (लोनिड १००), डेक्जामेथासोन ट्याब्लेड (डेक्जिन) र फामोटिडाइन ट्याब्लेड (फाम–४०) प्रयोग गर्न सुझाइरहेका छन् ।

तीनै थरि औषधिको मूल्य अत्यन्त न्यून रहेको छ । उचित स्वास्थ्य सल्लाहको अभावमा सामान्य अवस्थाका सङ्क्रमितले पनि कडा र महङ्गो औषधि सेवन गर्न बाध्य हुने र त्यसबाट मानवीय तथा आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न आफूले सक्दो सहयोग गर्दै आएको उनले बताए ।

कुलेश्वरका शान्तश्री रत्न बज्राचार्य आफ्नो परिवारका सबै सदस्य सङ्क्रमित भए पनि डा ह्योजुको सल्लाह र उनले सिफारिस गरेका सामान्य औषधिको प्रयोगबाट विस्तार विस्तारै सङ्क्रमण मुक्त हुनसकेको बताउँछन् । केटाकेटी बाहेक परिवारका सबै सदस्यको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र अधिकाँश अक्सिजनसमेत दिनुपर्ने अवस्थामा पुगेपछि आत्तिएका उनीहरुले डा ह्योजुले सिफारिश गरेका औषधिको सेवन गर्न थालेको र त्यसैबाट कोरोना बिषाणुको सङ्क्रमणलाई जित्न सफल भए । बज्राचार्य पहिले आफू सङ्क्रमण मुक्त ए र त्यसपछि परिवारजनको स्याहारमा उनी लागेका हुन् ।

बजाचार्यका वृद्धा आमाको देहान्त हुनुअघि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । डा ह्योजु अमेरिकाको सिकागो विश्वविद्यालयमा व्याक्टेरिया, भाइरस र इम्यून सिस्टममा विद्यावारिधिकाका लागि शोध गर्दै छन् । कोरोना भाइरसमाथि गरेको गहिरो अनुसन्धान र यसको उपचारमा सङ्गालेको अनुभवको आधारमा डा ह्योजुले यी औषधिको सिफारिस गरिरहेका छन् जसमा नाम मात्रैको खर्च हुन्छ र खासै झण्झट बेहोर्नुपर्दैन ।

डा ह्योजुले ‘फ्रि अनलाइन हेल्थ क्लिनक नेपाल’ फेसबुक पेजमार्फत अनलाइनबाटै कोरोना सङ्क्रमितको अवस्था बुझ्ने र सुझाव दिने गरिरहेका छन् । आफ्नो सुझाव र औषधिको सेवनबाट थुप्रै सङ्क्रमित गम्भीर अवस्थामा पुग्नबाट जोगिएको डा ह्योजुको दावी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार