माधव पक्षका यी सांसद जसले गरे विपक्षी गठबन्धनको रिटमा हस्ताक्षर

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट दर्ता गर्ने तयारी भइरहेका बेला नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका १८ जना सांसद नागरिकतासहित बानेश्वर पुगेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्न माग गर्दै रिट दायर गर्न विपक्षी गठबन्धनहरुले हस्ताक्षरसहित अदालत जाने तयारी गरेका हुन् । नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेका अनुसार १८ जना सांसदहरुले बानेश्वर पुगेर हस्ताक्षर गरिसकेका छन् भने बाँकी सांसदहरु आउने क्रम जारी रहेको छ । अरु केही सांसद आउने क्रममा रहेको र केही बिरामी परेको भन्दै पाण्डेले संसद विघटनको विरुद्ध ३५ जना सांसदले आफूहरुलाई साथ दिएको बताए ।

मेटमणी चौधरी दाङमा रहे पनि उनले समर्थन रहेको जनाएका छन् । यो संख्या बढ्ने क्रममा रहेको उनको भनाइ छ । अहिलेसम्म जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, झपटबहादुर रावल, निरादेवी जैरू, सोमप्रसाद पाण्डे, सरलाकुमारी यादव, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, माधवकुमार नेपाल, भीमबहादुर रावल, कलिला खातुन, घनश्याम भुसाल, रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, झलनाथ खनाल, भवानीप्रसाद खापुङ, पुष्पाकुमारी कर्णले हस्ताक्षर गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका माधव नेपाल पक्ष, जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चासहित ५ विपक्षी दलले प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट दिने तयारी गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार