सुआरेजको निर्णायक गोलमा एटलेटिको म्याड्रिडलाई ला लिगाको उपाधि

Sunrise Bank Middle Size

एट्लेटिको मड्रिडले स्पानिस ला लिगाको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा रियल भाल्लाडोलिडमाथि शनिवार २-१ को पुनरागमन जितसहित एट्लेटिको ७ वर्षपछि च्याम्पियन बनेको हो ।

लिगको अन्तिम खेलमा एटलेटिको म्याड्रिडको जितसँगै उपाधि होडमा रहेको रियल म्याड्रिडले जित हासिल गरेपनि एटलेटिकोले २ अंकको अग्रता लिँदै उपाधि पक्का गरेको हो । एटलेटिकोको जितमा एन्जल कोर्रिया र लुइस सुआरेजले १-१ गोल गरे । एट्लेटिकोलाई उपाधि जिताउन यसै सिजनमा बार्सिलोनाबाट आएका लुइस सुआरेजले निर्णायक गोल गरे ।

सुआरेजले ६७औं मिनेटमा गोल गर्दै एटलेटिकोलाई २-१ को जित दिलाए । ओस्कार प्लानोले १८औं मिनेटमा गोल गर्दै घरेलु टोली भाल्लाडोलिडलाई अग्रता दिलाएपनि ५७औं मिनेटमा एन्जल कोरेअले एट्लेटिकोका लागि बराबरी गोल फर्काएका थिए ।

अर्को खेलमा दोस्रो स्थानको रियल मड्रिडले भियारियल विरुद्ध २-१ कै पुनरागमन जित हात पारेपनि उपाधि रक्षा गर्न सकेन । एट्लेटिकोले बराबरीमा रोकिएको भए र रियल विजयी भएको अवस्थामा रियल हेड टु हेडमा विजेता बन्ने थियो । तर दुवै टोलीले एक गोलले पछि परेपनि त्यसलाई उल्टाएर जित हात पार्‍यो ।

एट्लेटिकोले ३८ खेलबाट ८६ अंक जोड्दा रियलले ८४ अंक जोड्यो । एट्लेटिकोले ११औं पटक ला लिगा उपाधि जितेको हो । रियलले भने २००९/१० पछि यस सिजन कुनै पनि ट्रफी जित सकेन ।

यसअघि नै उपाधि हवडबाट बाहिरिएको बार्सिलोनाले अन्तिम खेलमा आइबरलाई १-० ले पराजित गर्दै तेस्रो स्थानमा लिग सकाएको छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...