प्रतिनिधिसभा विघटनबिरुद्ध काठमाडौँमा नेविसंघले निकाल्यो मसाल जुलुस (भिडियोसहित)

असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले काठमाडौंमा मसाल जुलुस निकालेको छ ।  नेविसंघ केन्द्रीय समितिको निर्देशनमा नेविसंघ कोटेश्वर क्याम्पस इकाइले काठमाडौंको जडिबुटीमा मसाल जुलुस निकालेको हो । संबिधान बिपरित नै प्रधानमन्त्री र राष्ट्रपतिले जवरजस्त रुपमा संसद विघटन गरेको उनीहरुको आरोप छ । उनीहरुले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो । नेविसंघ केन्द्रीय समितिको निर्देशनमा बिभिन्न क्याम्पस अगाडी शनिबार साँझ मसाल जुलुस निकालेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार