सुर्खेत– पुलको भार क्षमता जाँच गर्नका लागि कर्णाली राजमार्ग ३६ घण्टाका लागि बन्द गरिएको छ । उक्त राजमार्गमा बनेका दुईवटा पक्की पुलको भार क्षमता जाँच गर्नका लागि कर्णाली राजमार्ग ३६ घन्टा बन्द गरिएको हो ।
घट्टेखोलामा बनेको पक्की पुल आज बिहान ६ बजेदेखि बन्द भएको छ । कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुल र दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग बन्द गरिएको हो ।