दाङ – दाङमा प्रहरीले आठ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ। तुलसीपुर र घोराहीबाट आठ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
तुलसीपुरबाट संजय, सुर्दशन, हेमन्त र दिपेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिइएको इलाका प्रंहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
गाडी सवारी सञ्चालनमा अवरोध गर्ने, चाँवी खोस्ने, धम्काउने जस्ता कार्य गरेको हुँदा उनीहरुलाई नियन्त्रणमा लिनु परेको डिएसपी मल्लले बताए।
त्यस्तै घोराहीमा थप चार जना पक्राउ परेका छन्। घोराहीको शर्रामा बाटोमा अवरोध राखेर बन्द गरिरहेको अवस्थामा चार जना बन्द कर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए।
हिमाल केसी, टार्जन वली, खुमन पौडेल र प्रकाश बुढा मगरलाई सवारी साधनमा अवरोध ताथ सडकखण्डमा अवरोध राखेर अवरोध गरेको पाइएको हुँदा नियन्त्रणमा लिनु परेको डिएसपी गौतमले बताए।
शान्तिपूर्ण रुपमा बन्द सफलपार्न खटिएका आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर राज्यले दम्भ देखाएको विप्लव नेकपाका जिल्ला सेक्रेटरी प्रदीप वलीले आरोप लगाए। उनले पक्राउ गरिएकाहरुलाई बिनाशर्त रिहा गर्न माग गरे। बन्द सफल पार्न सहयोगका लागि उनले सबैमा आग्रह समेत गरेका थिए।