काभ्रेमा फेला परेको बम सेनाद्वारा डिस्पोज

काभ्रे– काभ्रेमा फेला परेको बम नेपाली सेना कालीजंग गण धुलिखेलले डिस्पोज गरेको छ । धुलिखेल नगरपालिका वडा नं। ९ स्थित बिपी राजमार्गमा बम फेला पारेको हो ।

स्थानीयहरूले बिहान ४ बजे नै बम रहेको सूचना दिएपछि नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको हो । बम डिस्पोज पछि राजमार्ग सुचारु भएको छ ।

बम रहेको स्थानमा कुनै पर्चा नभएकोले नेपाल बन्दकर्ताहरूले नै सो बम सडकमा राखेको हुनसक्ने प्रहरी नायव उपरिक्षक न्यौपानेले जानकारी दिए ।

 

सम्बन्धित समाचार