एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला सशक्तीकरणमा सक्रिय भएर कार्य गर्दै आईरहेका महिलाहरूको अनुभव साटने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा एनएमबि बैङ्कका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासङ्घ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारीहरू, महिला उद्यमीहरू, विभिन्न बैङ्क तथा वित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरू आदीको उपस्थिति रहको थियो ।
महिलाहरूलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडी बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैङ्कद्वारा सञ्चालन गरेको कार्यक्रमले भविष्यमा थप टेवा पु-याउने अपेक्षा बैंकले राखेको छ ।
महिला कर्मचारीहरूद्वारा नेतृत्व गरिएको शाखाहरू :
प्रदेश १ – टंकिसिनुवारी
मधेस प्रदेश – महोत्तरी
बागमती प्रदेश- बल्खु
गण्डकी प्रदेश – चाउथे
लुम्बिनी प्रदेश – भलवारी
सुदूर पश्चिम प्रदेश – धनगढी
एनएमबि बैङ्क दि फिनान्सियल टाईम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैङ्कको उपाधि ‘बैङ्क अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैङ्क हो । एनएमबि बैङ्कले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैङ्कको उपाधि ‘बैङ्क अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबि बैङ्कले हाल देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।