माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै नेकपा एमालेले माधवकुमार नेपालसहितका ११ नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

नेकपा एमालेको शनिबार बसेको आकस्मिक स्थायी समिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । नीहरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण दिन भनिएको छ ।

बैठकले नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पर्सि विहानसम्म स्पष्टीकरण माग्ने निर्णय गरेको हो । स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् ।

माधव नेपाल पक्षका २६जना सांसदले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिए पनि कतिपयले हस्ताक्षर किर्ते भएको भनेको र कतिपयले लिखित र मौखिक रुपमा आफ्नो सहमति नरहेको जानकारी गराएकाले अरुलाई स्पष्टीकरण नसोधिएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग भने स्पष्टिकरण मागिएको छैन ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार