आवश्यकता परे राष्ट्रपतिको दौडबाट पछि हट्दिनँ : झलनाथ खनाल

गुल्मी – पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका छन् ।

समाजवादी प्रेस सङ्गठनले सोमवार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा गुल्मी आएका नेता खनालले अहिलेको आफ्नो दौड भनेको सिङ्गो पार्टी सङ्गठन निर्माणमा रहेको भन्दै आफ्नो सिङ्गो जिन्दगी कुनै पदका निमित्त नभएको दाबीसमेत गरे ।

पार्टी सचिव रामकुमारी झाँक्रीसँगै गुल्मी आएका खनालले आफूले पदका लागि भनेर मरिहत्ते नगरेको भन्दै देशले आवश्यकता बोध गरेमा र पार्टीले दायित्व दिएमा आफू त्यसबाट पछि नहट्ने पनि बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले केपी ओलीका कारण देश अस्थिरतातर्फ जान थालेपछि संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको जिकिर गरे ।

 

सम्बन्धित समाचार