प्रचण्डको मनोदशा बिग्रिएर आत्महत्या गर्ने बाटोमा अघि बढेको सूर्य थापाको आरोप

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति गम्भिर आरोप लगाएका छन्।

अध्यक्ष प्रचण्डले हिजो एक कार्यक्रममा संविधान मास्ने पात्रका रुपमा केपी ओली अगाडि आएको बताएका थिए।
प्रचण्ड हिजो बोलेको भिडियो यस्तो थियो ।

त्यसको प्रतिवाद गर्दै थापाले प्रचण्डको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा भासिएको आरोप लगाएका हुन।

थापाले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तै यस्तै मनोदशा प्रकट हुने गर्छ ! धेरै पहिले एकजना मनोविद्ले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेतपछि पर्दैनन् । प्रचण्डलाई संभवतस् यही प्रकारको समस्याले ग्रस्त पारिरहेको छ कि !।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार