अण्डरग्राउण्ड पार्किङ खुलाउन बानेश्वर कम्प्लेक्सको संरचना भत्काइयो
'पसल हटाउन मेयर बालेन्द्र साहसहितको टोली फिल्डमा'
काठमाडौं – नयाँ बानेश्वर चोकको बानेश्वर कम्प्लेक्सको अन्डर ग्राउण्ड पार्किङ खुलाउन काठमाडौं महानगरपालिकाको नगर प्रहरीले संरचना भत्काएको छ ।
अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको उक्त व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर संरचना भत्काएको हो ।
पसल हटाउन मेयर बालेन्द्र साहसहितको टोली सोमबार बानेश्वर क्षेत्रमा पुगेको थियो ।
अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन यसअघि नै जानकारी गराएको थियो । ३५ दिने म्याद सकिएसँगै महानगरले आजदेखि स्थलगतरूपमा कारबाही थालेको हो ।