नेपालमा शनिबार थप ८ हजार ९८० जनामा कोराना पुष्टि, १२९ जनाको मृत्यु

कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

नेपालमा शनिबार थप ८ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३५७ पीसीआर र ७४८ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १२९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ६ हजार १५३ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ८ हजार ८४८ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म तीन लाख ८३ हजार ६८४ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ लाख १५ हजार ८०६ सक्रिय संक्रमित रहेका छन् भने ८८६ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २८ लाख ९७ हजार ५०३ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार