काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिने घोषणा गरेकी छन् ।
गठबन्धन दलभित्र सीट बाँडफाँट नटुंगिदै झाँक्रीले आइतबार यस्तो घोषणा गरेकी हुन् ।यसअघि पनि गठबन्धन दलभित्र गुल्मी २ बाट उठ्ने विषयमा छलफल भइरहेको जानकारी गराएकी थिइन् । झाँक्रीको माइती गुल्मी हो ।
‘गुल्मी २ मा एमालेको विरासत तोडेर देखाउँछु,’ झाँक्रीले आफ्नो फेसबुक पेजमा लेखेकी छन् । उनले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताएकी छन् ।
२०७४ आमनिर्वाचनमा गुल्मी २ बाट एमाले सचिव गोकर्ण विष्ट विजयी भएका थिए ।