रामेछाप– नेकपा एमालेका सचिव योगेश भट्टराईले तत्कालिन अवस्थामा बाम एकताको संभावन नरहेको बताएका छन् ।
आइतबार प्रेस चौतारी नेपाल रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्राईले यस्तो बताएका हुन् । वर्तमान गठबन्धनको सरकारले देशलाई अस्थिरता तर्फ धकेल्ने काम गरेको नेता भट्टराईले बताए ।
सामान्यतया विचार मिल्ने दलका बिच गठबन्धन हुने भए पनि अहिलेको गठबन्धन मूल्य, मान्यता र विचार नमिल्ने बिचको भएको उनले बताए । अहिलेको गठबन्धन एक्लै चुनाव लड्न नसक्ने भएपछि सत्ता स्वार्थको लागि मात्र भएको उनको टिप्पणी थियोे ।