यो पटकको चुनाव मेरा लागि अन्तिम हो : झलनाथ खनाल
'इलाम क्षेत्र नं. १ मा गठबन्धनबाट चुनाव लड्ने घाेषणा'
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू अन्तिम पटकका लागि प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन लागेको बताएका छन् ।
आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै खनालले यो निर्वाचन आफ्ना लागि अन्तिम हुने बताएका हुन् । इलाम क्षेत्र नं. १ मा गठबन्धनबाट चुनाव लड्न लागेको उनले बताए ।
राष्ट्रपति हुने सहमतिमा चुनाव नलड्ने चर्चा छ नि ? भन्ने पत्रकारको जिज्ञासामा खनालले भने, ‘जनतासँगको माया पिरती टुटेको छैन । ४८ सालदेखि चुनाव लड्दै आएको छु । अब एकपटक लड्छु ।’