गठबन्धन र पार्टी विभाजनका कारण एमाले अप्ठ्यारो स्थितिमा छ : सुरेन्द्र पाण्डे

काठमाडौँ– नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिले एमाले अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् । अप्ठ्यारो परिस्थितिका बाबजुद एमाले चुनावको तयारीमा रहेको पाण्डेको भनाइ छ ।

आज प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले भने, ‘२०५६ सालमा भएको चुनावमा पार्टी विभाजित भए पनि हाम्रा विरुद्धमा कसैको गठबन्धन थिएन । अहिले हामी विभाजनको अवस्थामा पनि पर्ने र सँगसँगै विभिन्न दल मिलेर गठबन्धन पनि गर्ने दुई चुनौति हाम्रा सामु छन् । यी दुबै चुनौतिलाई हामीले गम्भीरतापूर्वक एनालाइसिस गरेका छौं ।’

नेकपा विभाजनको क्रम सँगसँगै एमालेभित्र पनि विभाजनको स्थिति उत्पन्न भएको, सानै हिस्सा वा सानै संख्यामा गएको भए पनि त्यसले विभाजनको छाप छाडेको र जनतामा प्रभाव पनि परेको पाण्डेको भनाइ छ । पार्टी विभाजन र गठबन्धनबाट पर्न सक्ने प्रभावको अध्ययन गरिरहेको र त्यसलाई कसरी परास्त गर्ने भन्ने प्रयासमा पनि एमाले रहेको पाण्डेले बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार